दीलिप र नम्रता नाच्न सिक्दै

स्मृति ढुंगाना, काठमाडौं, साउन २- नेपाली फिल्ममा सबैभन्दा राम्रो नाच्ने कलाकार मानिने दीलिप रायमाझी केही दिनदेखि फेरि डान्स सिक्दैछन्। नृत्य कलाकारकै रूपमा फिल्मयात्रा सुरु गरेका दीलिप एउटा नयाँ फिल्मकै लागि नृत्य सिक्दै गरेका हुन्।

कुपन्डोलस्थित अर्जुन वेस्टर्न डान्स सेन्टरमा उनी दैनिक अभ्यासमा आउनुको कारण नयाँ फिल्म ‘मिस यु' हो, जसको निर्माता उनी आफै हुन्। फिल्ममा दीलिपलाई साल्सा, पंक, हिपहप र ब्रेक डान्स चाहिएको छ। त्यसैले उनले आफूमात्र होइन फिल्मका अरू कलाकार नम्रता श्रेष्ठ, वरूण राणा र सुजाता सिटौलालाई समोत डान्स कक्षामा राखेका छन्।

डान्स सेन्टरका इन्स्ट्रक्टर अर्जुन गौतमको इशारामा उनीहरू डान्सका नयाँ स्टेपहरू टिप्दैछन्। नम्रता फ्रि स्टाइल र मोडर्न कन्टेम्पोररी नाच्न सिक्दैछिन् भने नयाँ कलाकार वरूण राणा डान्सका सामान्य स्टेप सिक्दै छन्।

दीलिपको ‘मिस यु'को निर्देशन सुरेश दर्पण पोखरेलले गर्दैछन्। फिल्ममा बाबु बोगटीले वेस्टर्न शैलीका गीत कम्पोज गरेका छन्। फिल्मको लागि केही हप्ता सिके पुग्ने हो। तर, दीलिप भने पाँच महिनाकै कोर्स गर्ने सोचमा छन्। ‘डान्समा नयाँ शैली सिक्नु राम्रो हो। फिल्मको काम सिध्याएर डान्स कक्षालाई निरन्तरता दिनेछु,' दीलिपले भने।

‘नृत्य जोशले भरिएको जीउको हाउभाउ हो जसले मानिसलाई आनन्दित बनाउछ,' भन्ने अर्जुनले वरूण र नम्रतालाई भने सिकारू भएकाले हल्का स्टेपमै नचाइरहेका छन्।

नृत्यमा पारंगत मानिने दीलिपसँग सुहाउँदो नृत्य गर्न सक्न सम्भावना देखिन्छ सुजातामा। नम्रता मोर्डन कन्टेम्पोररी नृत्यमा उपयुक्त रहेको प्रशिक्षकको मूल्यांकन छ।

दीलिपले फिल्म ‘दर्पण छायाँ'मा गरेको नृत्यबाट प्रभावित भएर यो क्षेत्रमा लागेको बताउने अर्जुनले अहिले दीलिपलाई नै नृत्य प्रशिक्षण गराउन पाउँदा खुशी व्यक्त गरे। ‘नृत्यमा नयाँपन देखाउन सकुँ भन्ने मेरो उदेश्य हो,' उनले नागरिकसँग भने। यी कलाकारहरुलाई ज्याज डान्स सिकाउने उनको विचार छ।

केही म्युजिक भिडियोमा अभिनय गरेका वरुणलाई नाच्ने काम निकै गाह्रो लागेको छ। म्युजिक भिडियोका साथै दुई वटा फिल्म खेलेकी नम्रता ‘मिस यू'मा ‘डान्सिङ स्टार' दीलिपसँग काम गर्दैछिन्। राम्रो नृत्य नगरे आफ्नो भूमिका फिका हुने डर समेत छ उनलाई।

‘यस अघिको मेरो काम नृत्यमा फोकस थिएन। तर, यो फिल्म नृत्यमा केन्द्रित छ। मेरो लागि यो चुनौती पनि हो,' उनले भनिन्। यो फिल्मको अधिकांस सुटिङ सिंगापुर र मलेसियामा हुने बताइएको छ।


From: Nagarik News

neha  – (July 18, 2010 7:35 PM)  

wow dilip and namtra well done u r the best actor and actress love u

rosney  – (July 19, 2010 7:45 PM)  

they r the best actor forever

Anonymous –   – (July 20, 2010 10:25 AM)  

Dilip is the best dancer in the world and niruta too see in not here but they are Best of luke dilip for Miss you Movie My best actor is Dilip and Niruta

Anonymous –   – (July 25, 2010 9:01 PM)  

be careful hai dilip dai.... did u watch that video abt namrata...

Post a Comment

- कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।

  © TheAzNepal by Durga P. Adhikari 2009

Back to TOP