एउटा मौन साँझ

भक्तपुर- , पुस ५ - कुनै दिन यस्तो थियो, गितार बोकेर सहर हिँड्ने तन्नेरी देख्दा मान्छे टक्क अडिएर हेर्थे । सत्तरीको दशकको सुरुताका ओमविक्रम विष्टलाई त्यसरी हेर्ने जमात ठूलै थियो । 'त्यो समय बेग्लै थियो,' पुसको बढ्दो चिसोबीच शनिबार भक्तपुरको होटल गि्रनल्यान्डमा भेटिएका विष्टले सुनाए, 'हामीले पप गीत गाउनु संगीतमा क्रान्ति गर्नुजस्तै थियो । यस्तो पनि गीत हुन्छ भनेर धेरैले पत्याएकै थिएनन् ।' पत्याऊन् पनि कसरी ? शास्त्रीय र भक्ति संगीत सुनेका, सुगम संगीतमा मन बसाउँदै गएका संगीत प्रेमीहरूका लागि गितारको तालमा आउने मूच्र्छना त्यति पाच्य भइसकेको थिएन । जतिबेला सुगम संगीत लिएर गोपाल योन्जन, अमर गुरुङ र नारायण गोपालहरू सहरमा छाइरहेका थिए । र, सहरमा गितार बोकेर हिँड्ने पश्चिमाहरू पनि उत्तिकै बढेका थिए । नबुझिने शैलीमा राजधानीको झोँछेका गल्ली, स्वयम्भूको डाँडा वा पाटन दरबारतिर ती राति अबेरसम्म जूनको Read More

Post a Comment

- कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।

  © TheAzNepal by Durga P. Adhikari 2009

Back to TOP