मिस नेपाल सदीक्षाको सम्बन्ध गाँसियो!

काठमाडौं, माघ २ (नागरिक)- मिस नेपाल सदीक्षा श्रेष्ठले आफ्नो कसैसँग सम्बन्ध गाँसिएको खुलाएकी छिन्। पयर्टन वर्ष २०११ को प्रचारप्रसारमा व्यस्त सदीक्षाले इन्टरनेटको सामाजिक सञ्जाल फेसबुकको 'स्ट्याटस'मा गत पुस २७ मा यो खुलासा गरेकी हुन्। मिस नेपाल भएको चार महिनापछि सदीक्षाले आफ्नो निजी सम्बन्धका बारेमा यस्तो जानकारी दिएपछि उनका धेरै साथीभाइ आश्चर्यमा परेका छन्।
उनको यो निजी प्रगतिलाई ३८ मित्रले 'लाइक' थिचेर मन पराएका छन्। त्यस्तै १५ जनाले जिज्ञासा समेत राखेका छन्। धेरैजसोले बधाई र शुभकामना दिएका छन्। कसैले चाहिँ यस्तो प्रतिक्रिया दिएका छन्, 'मिस नेपालले मिस्टर नेपाल भेटेकोमा बधाई।'



सदीक्षाको फेसबुक प्रोफाइल


सदीक्षासँगै भाग लिएर मिस नेपालमा सेकेन्ड रनरअप भएकी संयुक्ता तिम्सिनाको प्रतिक्रिया यस्तो छ, 'तिमीले मलाई भनिनौ, मैले कसरी थाहा पाइने?' एक महिला मित्रले चाहिँ उनको यो कदमलाई मन पराएकी छैनन्। 'अहिले युवाहरूको आदर्श व्यक्तित्व भएकोले यस्तो निजी कुरा नखुलाएकै राम्रो' भनेर उनले सदीक्षालाई सुझाएकी छिन्।

यसबारे नागरिकले जिज्ञासा राख्दा सदीक्षा झन् रहस्मय बनिन्। 'कृपया व्यक्तिगत प्रश्न नसोध्नुहोला,' उनको अनुरोध छ। पिछा गर्ने र दुःख दिने केटाहरूबाट मुक्ति पाउन पनि आफूले यस्तो 'स्ट्याटस' राखेको हुने सम्भावना उनले व्यक्त गरिन्।

'अथवा मैले सत्य कुरा राखेको पनि हुनसक्छ,' सदीक्षाले अलमल्याउन खोजिन्। कुरा सुन्दा उनी आफूलाई झन् अस्पष्ट बनाउने पक्षमा देखिन्थिइन्। उनले मिस नेपालको उपाधि जित्दा चाहिँ यसो भनेकी थिइन, 'अब एक वर्षको समय म यस्ता कुराहरूबाट टाढै बस्न चाहन्छु।' साभार: नागरिक न्युज

Post a Comment

- कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।

  © TheAzNepal by Durga P. Adhikari 2009

Back to TOP