दोहोरीमै व्यस्त सम्झना

नेत्र तामाङ, काठमाडौं, साउन ४- लोकदोहोरीमार्फत् परिचय बनाउनेको संख्या थपिँदै छ। अभिनयमा जम्ने सपनाका साथ कलाकारितामा लागे पनि सम्झना बुढाथोकीको लोकप्रियता लोकदोहोरीले बढाएको छ। केही समय यता लोकदोहोरी भिडियोमा उनी एकछत्र मोडलका रूपमा देखिएकी छिन्। 'दर्शकको माया पाएकै कारण दोहोरीमा काम पाइरहेकी छु,' सुटिङको क्रममा शंखपार्कमा भेटिएकी उनले भनिन्, 'त्यसैले आजभोलि भ्याइनभ्याइ छ।' तीज नजिकिँदै गर्दा उनको व्यस्तता पनि बढेको छ। 'अचेल सुटिङ बढेको छ। कहिले पोखरा र कहिले राजधानीका विभिन्न ठाउँमा सुटिङ पर्छ,' बिहान घरमा खाजा खाएर निस्कने सम्झनाले दिउँसोको खाना सुटिङ स्पटमै खाने गरेको बताइन्। २०५२ देखि नृत्यमा प्रवेश गरेकी सम्झनाको कलालाई लोकदोहोरीले चिनायो। 'मैले विभिन्न फिल्ममा आइटम डान्स पनि गरेकी थिए,' उनले भनिन्, 'तर डान्सरका रूपमा लोकदोहोरीले - पूरा पड्नुहोस

Post a Comment

- कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।

  © TheAzNepal by Durga P. Adhikari 2009

Back to TOP